पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ८७ पुग्यो
ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको ज्यान गएको छ।साउन १८ गते मेनेन्जाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माका अनुसार कोरोनाबाट ज्यान गुमाएकी ३८ वर्षिया महिला जनकपुरकी हुन् ।उनको आइसीयूमा उपचार भइराखेको थियो । योसँगै ललितपुरमा मात्रै ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।मंगलबार राति नै सप्तरीमा एक र बुटवलमा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ तथापी सबैको रिर्पोट आइसकेको छैन् ।