पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाटन अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *