पाकिस्तानी दूतावासमा कार्यरत ३५ कर्मचारी भारतद्वारा देश निकाला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा जासुसी गरेको आरोप लगाउदै भारतले दिल्लीस्थित पाकिस्तानी दुतावासमा कार्यरत ३५ जना कुटनीतित्र र कर्मचारीलाई निस्कासन गर्ने निर्णय गरेको छ । जासुसी र आतंकवादी समूहसंग सम्बन्धको आरोप लगाउदै उनीहरुलाई निस्कासन गर्ने निर्णय सरकारले गरेको हो ।

भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर पाकिस्तानी उच्चायोगका कर्मचारी कम गर्न निर्देशन दिएको हो । पाकिस्तानले ती आरोप आधारहिन रहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर भारतले लगाएका सबै आरोप झुठ रहेको बताएको हो ।

भारतले पाकिस्तानस्थित आफ्ना दुतावासको पनि कर्मचारी संख्या पचास प्रतिशतले कटौती गरिने जनाएको छ । कर्मचारीलाई एक साताभित्र आफ्नो मुलुक फर्कन निर्देशन दिइएको छ ।

तीन साता अघि भारतले दुई पाकिस्तानी कर्मचारी कटौती गरेपछि दुई देशविच विवाद बढेको छ । उनीहरुमाथि दुई भारतीयलाई अपहरण गरेको आरोप लगाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *