पाइलटसहितका कोरोना संक्रमितको उपचार खर्च महंगो भएकोभन्दै अस्पतालबाट होटलमा सारियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल वायुसेवा निगमले अस्पतालमा उपचार खर्च महंगो भएको भन्दै कोरोना संक्रमित चार पाइलटसहित १४ जनालाई सोल्टी होटलको आइसोलेसनमा सारेको छ।एकजनाकै दैनिक ३१ हजार उपचार खर्च उठे पछि धान्न नसकिने भन्दै उनिहरूलाई अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारिएको निगमले जनाएको छ ।

कोरोना महामारी र लकडाउनका बिच निगमले पाइलटसहित सबै कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको क्रममा चार जना पाइलटसहित १४ जना उडान कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो।

संक्रमित सबैलाइ शुरुमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएपनि संक्रमितले अस्पतालको व्यवस्थापन चित्त नबुझाएपछि निगमले ह्याम्स अस्पताल भर्ना गरेको थियो । कोरोना संक्रमितहरूको उपचार खर्च सरकारले बेहोर्ने भने पनि निजी अस्पतालमा उठ्ने गरेको बिल महंगो छ।

सरकारले छुट्याएको उपचार खर्चले संक्रमितको उपचार निजी अस्पतालमा गर्न संभब नभएको निगमले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *