पाँच लाख ५४ हजार पाँच सय ८२ रुपैयाँ नगदसहित १९जना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा – तानसेनको गैरागाउँबाट जनप्रतिनिधि सहित १९ जना जुवाडे पक्राउ परेका छन् । राति तानसेन नगरपालिका–१, गैरागाउँको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १९ जना जुवाडेहरू सहित पाँच लाख ५४ हजार पाँच सय ८२ रुपैयाँ नगद बरामद गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । प्रहरीले जुवाको खालबाट तानसेन नगरपालिका–१, का हुमराज बस्याल, तानसेन नगरपालिका–११, का पदम विष्ट, तानसेन–५, का विष्णु कार्की, सोही स्थानका निरञ्जन दर्जी, तानसेन–१, का किरण शर्मा, सोही स्थानका सन्तोष खाती, किस्मत खातीलाई पक्राउ गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *