पाँच दिनदेखि हराईरहेका व्यक्ति मृत अवस्थामा भेटीए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गुल्मीको ईस्मा गाउँपालीका ३ अन्र्तगत दर्लामचौरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ईस्मा गाउँपालीका ३ अन्र्तगत दर्लामचौरको खाँसिचौरमा गत पाँच दिनदेखि हराई रहेका ४९ वर्षका बिर बहादुर कुमाल शुक्रवार बिहान मृत अबस्थामा फेला परेका हुन् ।

ईस्मा गाउँपालिका ५ अन्र्तगत अँधेरी खोलामा उनको शव सडेको अवस्थामा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जनाकारी दिनु भएको छ । स्थानीयहरुले सडिसकेको अबस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोलीले घटना स्थलमा स्थलगत मुचुल्का गरेपछि शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याईने प्रहरी निरिक्षक रावलले बताउनु भयो ।

त्यसैगरि ईस्मा गाउँपालिका ३ मा एक व्यक्ति बिहिवार बेलुकीदेखि बेपत्ता बनेका छन् । ईस्मा ३ दर्लामचौरका ६५ वर्षका ईन्द्रमणी मरासिनी बिहिवार बेलुकी घरमा सामान्य विवाद भएपछि अचानक घरवाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको ईस्मा गाउँपालिका ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिनु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *