पाँच दिनदेखि अवरुद्ध रिडी–रुद्रवेणी सडक अझै सुचारु हुन सकेन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पहिरोका कारण गत पाँच दिनदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी सडक अझै सुचारु हुन सकेको छैन । गत शुक्रबार दिउसो रुरु क्षेत्र गाउँपालिका १ अन्र्तगत विष्णुपञ्जर नजिकै सडक माथिवाट ठूला ठूला चट्टान सहितको पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा जेसीभि र ईक्साभेटर प्रयोग गरि पहिरो हटाउन लाग्दै गर्दा सडक माथिवाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक सुचारु गर्न थप समस्या परेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भएको छ ।

गुल्मीको सिमानाका रिडीदेखि वाग्लुङ्गको बुर्तिवाङ्गसम्म जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु संचालन हुँदै आएको उक्त सडक अवरुद्ध बनेपछि कतिपय सवारी साधनहरु वैकल्पीक मार्गको खोजिगर्दै लामो र घुमाउरो बाटो आवतजावत गर्न थालेका छन् भने ठूला मालवाहक सवारी साधनहरु भने सदरमुकाम तम्घास हुँदै जान बाध्य बनेका छन् । सडक माथिवाट अहिले पनि खुख्खा पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोले दुई सय मिटर भन्दा लामो सडक पुरिदिएको र सडक माथिवाट जमिन समेत फाटेका कारण जोखिम झनै बढेको स्थानीय हिमाल श्रेष्ठले बताउनु भएको छ ।

अवरुद्ध सडक कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा बुधवार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको नेतृत्वमा जिल्ला प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुषन्धान लगायत सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरिक्षण गर्नु भएको थियो । निरिक्षणको क्रममा उक्त सडक तत्काल सुचारु गर्न नसकिए पनि वैकल्पीक मार्गको रुपमा रहेको रातामाटा–जौखोला–हुँदै तालखोला जोड्ने सडक प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भएको छ । जिल्लामा अत्यन्तै व्यस्त उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजार्रौ मानिसहरुलाई आवतजावतमा थप समस्या परेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *