पाँचथरको तुम्बेवा गाउँपालिकामा पहिलो पटक विद्युत बिस्तार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाँचथरको तुम्बेवा गाउँपालिकामा पहिलो पटक विद्युत बिस्तार भएपछि स्थानीयवसी हर्सित भएका छन । नेपाल विद्युत प्राधिकरणको ४ करोड लगानीबाट पहिलो पटक गाउँपालिमा विद्युत बिस्तार गरेको हो । २०७४ सालदेखि सुरु भएकोे योजनाको काम क्रमश हदै आएको छ । गाउँपालिका केन्द्र मौवा बजारमा विद्युत सेवा संचालन आएपछि उद्योग कलकारखाना संचालनमा सहज भएको स्थानीयले जनाएका छन ।

विद्युतको पहँचबाट टाढा रहेको गाउँपालिकामा विद्युतिय प्रविधिको तमोर लिफ्ट खानेपानी योजना निर्माणको क्रममा छ । खानेपानी योजनासंगै गाउँपालिकामा ११ केभिएको विद्युत प्रसारण लाइन संचालनमा आएको छ । विद्युत सेवाबाट ४ वटा वडाका १२ सय घरधुरी लाभाम्वित भएका छन । विद्युत बिस्तारपछि वडा कार्यालय र गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत सहज भएको छ ।

गाउँपालिका केन्द्र मौवा बजारमा २०७५ सालमा विद्युत पुगेको थियो । पहिलो पटक विद्युत विस्तार भएपछि एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादर आङबोले विद्युतको उत्घाटन गरेका थिए । गाउँपालिकाको वडा नम्बर २ को पूरै र अन्य ४ वटा वडाको १६ सय घरधुरीमा विद्युत सहकारी मार्फत विद्युत विस्तारको काम हुदै आएको छ । प्राधिरण अन्तरर्गत विद्युत विस्तार भएको स्थानमा नागरिकले बिकाशको अनुभुति गरेको गाउँपालिकाले जनाएको छ ।

जलश्रोत तथा उर्जा मन्त्रालयले उज्यालो नेपाल अभियान अघि बढाएको छ । सोही अभियान अन्तरर्गत पाँचथर जिल्ला पनि परेको छ । जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकामा अबको डेढ वर्ष भित्र सबै घरधुरीमा विद्युत बिस्तार गर्ने लक्ष्य लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *