पाँचखाल नगरपालिका विद्यालय सञ्चालनमा आए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बन्दाबन्दीका कारण लामो समय देखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आएका छन् । पाँचखाल नगरपालिकाको नगरकार्यापालिकाले अभिभावक, विद्यालय ब्यवस्थापन समिति, तथा सरोकारवालाहरु संगको संयुक्त छलफल तथा बैठकले विद्यालयहरु सञ्चालनगर्ने निर्णय गरेसंगै आजदेखि विद्यालय सञ्चालनमा आएका छन् ।

कोरोना भाइरस कोभिड १९ को प्रभावकाकारण लामो समय देखि बन्द रहेका पाँचखाल नगरपालिका भित्रका बन्द रहेका सामुदायिक तथा निजी विद्यालयहरु स्वास्थ्य सुरक्षा अप्नाइ आजबाट सञ्चालनमा आएका छन् । विद्यालय खुल्नु अधि नगरपालिकाले सबै विद्यालयहरुमा स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराउनुका साथै भौतिक दुरी कायम राखी पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन् । सोही अनुरुप विद्यालयहरुले पनि भौतिक दुरी कायम राखी विद्यार्थीहरुलाई पठनपाठन शुरु गरिएको छ ।

विद्यालय सञ्चालनमाआएको आजपहिलो दिननगर प्रमुख महेश खरेल आफैले विद्यालय सञ्चालनको अवस्था र त्यहाँभएको समस्याहरुको बारेमाजानकारी लिनविद्यालयहरुमापुगेर जानकारी लिनुभएको छ । सो क्रममा विद्यालयका शिक्षक एवं विद्यार्थीहरु संग भेटघाट गर्दै आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर ढुक्कका साथ कक्षा सञ्चालन तथा पठनपाठन गर्न सुझाव दिनुभयो ।

लामो समयदेखि विद्यालय बन्दका कारण विद्यार्थी एवं अभिभावकहरुमा पर्न गएको समस्या समाधानको लागि नगरपालिकाले सरोकारवालाहरु संगको समन्वय र छलफल गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएसंग आजबाट नगर भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा आईसकेको नगरपालिकका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिननाथ पन्थिले बताउनुभयो ।

विद्यालय सञ्चालनमा आए संगै विद्यार्थीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पठन पाठन शुरु गरेको शिक्षकहरु बताउँछन् ।कोरोना महामारिको प्रभावका कारण लामो समयदेखि बन्द भएको विद्यालय सञ्चालनमा आएपछि कक्षा कोठामा आएर पढ्न पाएकामा विद्यार्थीहरु पनि खुशि लागेको बताउँछन् ।

पाँचखाल नगरपालिकाले विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएपछि पठनपाठन शुरु गरेसंगै काभ्रे जिल्लाका अन्य स्थानीयतहहरुले पनि विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न थालेका छन् । विद्यालयहरु सञ्चालनमा आए पनि कोरोना संक्रमणका जोखिम अझै रहिरहेकाले विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षाको लागि विद्यालयमा हुनुपर्ने भौतिक दुरीको ब्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिन आवश्यक रहेको अभिभावकहरु बताउँछन् । पाँचखालमा ५० विद्यालय छन् जसमा ३९ सार्वजनिक र ११ निजी विद्यालय रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *