पहिरो पिडीतले भने : ‘खाध्यान्ह भन्दा पनि पहिले बासस्थान’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

असारको अन्तिम साताबाट लगातार पहिरोको चपेटामा परेर आफन्त गुमाएका सिन्धुपाल्चोकका पहिरो पिडीतले खाध्यान्ह र लत्ताकपडा भन्दा पनि बास स्थानको उचित व्यवस्थापनको माग गरेका छन् ।

असार देखि असोजको दोश्रो साता सम्म पहिरोमा परि गाउ छोड्न बाध्य भएका पिडीतले अहिले खाध्यान्ह र लत्ताकपडा भन्दा पनि व्यवस्थित बास स्थानको आवश्यकता भएको बताएका छन् । असोजलागेसँग उच्च भागमा चिसोको मात्रा बिस्तारै बढ्दै गएको भन्दै उनिहरुले पहिलो चिसोको व्यवस्थापनका लागि सरकारले बासस्थानको व्यवस्था गरीदिन आग्रह गरे । त्रिपाल र ठेण्टले चिसोलाई छोक्न नसक्ने भन्दै स्थानियले चाडै सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था गरिदिन आग्रह गरे ।

अब चिसो सुरु भयो चिसो ठाउँ भएकाले बसोबासका लागि निकै समस्या हुन थालिसकेको छ जुगल गाउपालिका लिदीका पहिरो पिडित कबिता दोङले बताइन् । पिडा सबैलाई छ, मैले मेरो सबै परिवारका सदस्य गुमाएकि छु तैपनि पिडा सम्झेर मात्र हुदैन सरकारले अभिभावकको जिम्मेवारी पुरा गरोस भन्न चाहन्छु । टेण्टमा पानी चुहिने, जुका छिर्ने समस्या छ शौचालयको समस्या निकै छ । ५ घरलाई एउटा शौचालय छ त्यो पनि सबै तिरबाट छिर्न मिल्ने त्यसो हुँदा निकै समस्या भएको उनले गुनासो गरीन् । सरकारले चाडै बसोबासको व्यवस्थापन मिलाउने भनेको छ तर अहिले सम्म काम भएको छैन चाडै काम व्यवस्थापन पर्खाइमा छौं ।

गाउँका सबै बिस्थापित भएपछि जुगल गाउपालिका १ सेलाङमा १ सय ७२ घर परिवासलाई एकै गाउँमा राखिएको छ । अहिलेको टेण्टबाट निकालेर जस्ताकै भएपनि टहरो निर्माण गर्न सके चिसोबाट बच्न सकिने स्थानिय सानु तामाङले बताए । अहिलेकै अवस्थामा टेण्टमा बस्न सक्ने अवस्था नहुने उनले बताए । चिसोमा सारै चिसो र गर्मिमा असाध्यै गर्मि हुने भएकाले टेण्टमा बस्न मुस्किल हुने उनले बताए । साना बच्चा भर्खरको सुत्केरी छन् चिसोले थप समस्या पार्छ चिसो अगाबै सरकारले उचित व्ययवस्थापनको लागि ध्यान दिनुपर्ने उनले बताए ।

लिदीमा मात्र भदौं ३० गतेको पहिरोले ३७ जनाको ज्यान लिएको थियो । पहिरोका कारण बिपद् संकटग्रसत क्षेत्र घोषणा भएको सिन्धुपाल्चोकमा ४ महिनाको अबधिमा पहिरोका कारण ७७ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता रहेको जिल्ला दैबिक प्रकोप उद्धार समितिले जनाएको छ । पहिरोका कारण जुगल गाउपालिका २ लिदीमा १ सय ७२ घरधुरी बिस्थापित भएका छन् भने बाह्बिशे नगरपालिकामा २ सय घरधुरी बिस्थापित भएको नगरपालिकाका उपमेयर शुसिला पाख्रिनले बताइन् । उनका अनुसार जिल्लामा पहिरोका कारण १ सय ३१ घर क्षेती भएको तथ्याङक रहेको छ ।

उनका अनुसार स्थानिय निकायका सक्रियतामा उद्दारमा खटिएर अस्थाइ आवासको व्यवस्थापनको काम गरेका छौं अहिलेलाई आधारभुत आवश्यकता पुरागर्ने काम गरेका छौं अब अस्थाई व्यवस्थापन भएको ठाउँ र स्थाई ठाउँको व्यवस्थापनको काम गरीरहेका छौं । अहिले स्थाई आवासको व्यवस्थापनको लागि नमुना बस्ति बनाउनका लागि ठाउँको छनौंट गरी भौर्गभिक अध्यनको तयारी गरीएको उपमेयर पाख्रीनले बताइन् ।

प्रदेशको बातावरण समितिको अध्ययन
लगातारको पहिरोको पिडा खेपेको सिन्धुपाल्चोकको पहिरोको अवस्था र स्थानियको समस्याको बारेमा जानकारी लिन प्रदेश स्तरीय समिति पुगेको छ । वागमतीका प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले सहित पाँच सदस्यीय संसदीय टोली सिन्धुपाल्चोक पुगेर फर्किएको छ । टोलीले बाह्रबिसेको खागदलबाट जिल्लाको बाढीपहिरोग्रस्त क्षेत्रको अनुगमन गरेका हुन् । बाह्रबिसेको खागदल, काभ्रे, जम्बु, नागपुजे, भीरखर्क, सेलाङको बाँसखर्क क्षेत्रको अनुगमन पछि यहाँको समस्यालाई बुझेर प्रतिवेदन तयार पार्ने योजना रहेको सभापति आलेले बताइन् ।

जनताको समस्या र भौगोलिक अवस्था हेरेर समितिले सरकारलाई नीतिगत सुधार र कार्यक्रमहरु कार्यान्वयन लागि निर्देशन दिने बताइएको छ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व उनको भनाई थियो । टोलीमा समितिका सदस्यहरु निमा लामा, बद्रिप्रसाद मैलानी बिराजभक्त श्रेष्ठ र राजेन्द्र गुरुङ सहभागि थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *