पहिरोले सिप्रिङ खोला जलबिद्युत आयोजनामा क्षेति, एक जनाको मृत्यु

दोलखामा गौरीशंकर गाउँपालिकामा पहिरोमा परी एक जना वेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् ।गयराति परेको भीषण बर्षा पछि गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारे स्थित टुनिटारमा बस्ति माथिवाट पहिरो खस्दा एक पुरुष वेपत्ता भएका हुन ।
पहिरोमा पुरिएर बेपत्ता हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन् । पहिरोमा परि मृतक शिवाकोटी सिंगटीबाट टुनिटारको एक घरमा फलामे सटर राख्नका लागि गएको र काम नसकिएपछि सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्रि खड्काले जानकारी दिए । दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले पहिरोमा पुरिएर एक जना बेपत्ता भएको र तिन जनालाई जिवितै उद्धार गरिएको प्रारम्भिक जानकारी आएको बताए ।
पहिरोमा परी एक स्थानीय पुरुष पनि घाईते भएका छन् । उनको एउटा हात भाँचिएको दोलखा प्रहरीले जनाएको छ । पहिरोका कारण पशुचौपायमा पनि ठुलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घटनास्थलमा प्रहरी खटिएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ६ मा पनि गएराति आएको पहिरोमा परी ६ वटा घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । गय राति दोलखाको गौरीशंकर गाउँपालिकाको उत्तरी क्षेत्रमा भिषण बर्षा भएको थियो । गौरीशंकर, लामावगर र खारेको माथिल्लो क्षेत्रमा परेको भिषणा बर्षासँगै नदी तटीय क्षेत्रमा बाढी आएको थियो । सिप्रिङ खोलामा आएको बाढीले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलबिद्युत आयोजनामा क्षेति पुगेको छ । आयोजनाको हेडवक्र्समा बाढीले क्षेति पुरयाए पछि बिद्युत उत्पादन बन्द भएको छ । बाढीले सुरीको गुरुम्फि बजारमा पनि केहि घरमा क्षेति पुरयाएको छ ।
तामाकोशी नदीमा पानीको बहाव बढेपछि नदी तटीय क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । नदीमा पानीको सतह बढेर गोंगर, जगत र सिंगटीमा राखिएको मापन केन्द्रमा साईरन बजेपछि नदी तटीय क्षेत्रका बासिन्दा मध्यरातमै सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका हुन् । नदीको बहाव बढेपछि स्थानीय २९ घरपरिपवारलाई सुरक्षीत स्थानमा लगिएको भएपनि हाल खतराको तह पार गरिसकेका कारण स्थानीय आफ्नै घरमा फर्किसकेको दोलखा प्रहरीले जनाएको छ ।
यस्तै विगु गाउँपालिकामा बाढी र पहिरोले ५ जनाको घर र टहरामा क्षति पु¥याएको छ । गएरातिको वर्षापछि आएको बाढी र पहिरोले विगु गाउँपालिका वडा नम्बर ४ स्थित तामाकोशी नदी किनारमा रहेको स्थानीयको ५ घरमा क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले मानिस र पशुचौपायलाई सुरक्षित स्थानमा स्तान्तरण गरेको छ ।
हिजो साँझदेखि दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे लगायतका स्थानमा भारी वर्षापछि तामाकोशीमा पानीको सतह ह्वात्तै बढेपछि स्थानीय त्रासित बन्न पुगेका हुन् । अत्याधिक वर्षपछि सो क्षेत्रको सिप्रिङ खोला, सिंगटी खोला लगायतका सहायक खोलाहरुको समेत बहाव बढेको थियो