पहिरोले बिस्थापित २ सुत्केरीलाई पुस्पा भुसालको सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर १२ जख्लेगैरामा पहिरोले घरबार बिहीन भएका २ जना सुत्केरीलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य पुस्पा भुसालले आर्थिक सहयोग गर्नु भएको छ ।

असोज ९ गते शुक्रबार दिउसो शितगंगा १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिएर पहिरो जादा घरबार बिहीन भएको स्थानको स्थलगत अनुगमन गरी २६÷२७ दिनका सुत्केरी महिला विमला नेपाली र सुस्मिता नेपालीलाई प्रतिनिधि सभा सदस्य भुसालले १० – १० हजार रुपैया अर्थिक सहयोग गर्नु भएको हो ।

सुत्केरी अबस्थामा खानु पर्ने पोसिलो आहार खान सजिलो होस र जसबाट आमा र बच्चाको स्वास्थ्य राम्रो होस भनेर २ जनालाई १० ÷१० हजारका दरले २० हजार रुपैया आर्थिक सहयोग गरेको पुस्पा भुसालले बताउनु भयो ।

पहिरोका कारण त्यस क्षेत्रमा ५१ घर परिवार बिस्थापित भएको वडा अध्यक्ष बाबुराम गैरेले बताउनु भयो । सबैलाई टेन्टमा राखेको बताउदै वडा अध्यक्ष गैरेले बस्ती स्थानान्तरणका लागि प्रदेश तथा केन्द्रीय सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।

समग्र पहिरोबाट बिस्थापित भएका परिवारको लागि कांग्रेस नेता भुसालले शितगंगा नगरपालिकाको बिपद ब्यबस्थापन खातामा ब्यक्तिगत रुपमा ५० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *