पहिरोले घर भासिदा १९ दिनकी सुत्केरीकाे पौवामा बास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२० बर्षिय विमला नेपाली सुत्केरी भएको १९ दिन भएको छ । एक हप्ता देखि उनी शितगंगा नगरपालिका वडा नम्वर १२ कोठियाको पौवामा बसेर बच्चाको स्याहारसुसार गरेकी छिन् ।
शुक्रबार दिउसो जमिन भासिएर घर पहिरोले लगेपछि उनी बच्चालाई लिएर पौवामा बसेकी हुन् । “बस्दै आएको घर परिहोले भत्कियो यही बसेर ज्यान जोगाएका छौ । बच्चालाई जेनतेन स्याहार गरेकी छु” । उनी भन्छिन् “आफुले पौष्टिक आहार खानु पर्ने समय हो तर के गर्नु घर भत्किएपछि जेनतेन खरो धानेकी छु । ” आफैले काम गर्न पनि सक्दिन् । अरुले दिएको राहातको चाउचाउ र बिस्कुटले ४ दिन खरो धानियो पछि राहात आएपछि बाहिरै भात पकाएर घरकाले खान दिनु भएको छ । ”

उनी मात्र हैन् २६ दिनकी सुत्केरी शुस्मा नेपाली पनि पौवामा बसेकी छिनु । जमिन भासिएर घर भत्किएपछि उनीपनि पौवामा बस्न बाधय छिन् । शितगंगा नगरपालिकामा जमिन भासिएर पहिरो जाँदा ६१ घर परिवार बिस्थापित भएका छन् । उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । नगरपालिकाको वडा नम्वर ११ र १२ मा जमिन भासिँएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ । झण्डै ३ सय घर पहिरोको जोखिममा रहेका छन् ।
उक्त स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ । शितगंगा नगरपालिकाको वडा नम्वर १२ कोठियामैदान क्षेत्र र वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिँदा त्यस क्षेत्रकै ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

गत शुक्रबार दिउसो कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा एक्कासी चारै तिर बाट जमिन भासिएर पहिरो गयो । गाँउ देखि माथी गएको पहिरोले केही घर बगायो तर अधिकांस घर भने पहिरो नआए पनि ढलेर नष्ट बने १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगेका छन् शितगंगा नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष बाबुराम गैरेले भने । उनले भने पानी बग्ने खोल्साहरु अग्लो अबस्थामा छन भने अधिकांस बिजुलीका पोलहरु भुइमै लडेका छन बिजुलीका तारहरु चुडिएका छन । सम्मै रहेका खेतहरु अहिले भिरालो बनेका छन झट्ट हेर्दा भुकम्पले तहसनहस पारे जस्तो देखिन्छ ।

त्यस क्षेत्रका सबै गाउँलेनै त्रसित छन् । सोच्दै नसोचेको गरी जमिन पुरै भासिएको छ । प्रलय आए सरी सिंगो गाउँको जमिन भासिएर पहिरो गएको छ । वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिँदा ५ घर पुर्ण रुपमा भत्किएका छन् । १३ घर परिहोको उच्च जोखिममा रहेको र झण्डै २ सय घरको सिंगो क्षेत्रनै पहिरोको जोखिममा रहेको शितगंगा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष कपिल आलेले बताए ।

जमिन भासिँएर पहिरो जादा भएको एकिन क्षतीको विवरण संकलन गर्न र आबश्यक्ताको पहिचान गर्न सहायक प्रमु जिल्ला अधिकारी बिक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ । घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।

घर मात्र हैर त्यहा रहेका गोठहरु समेत सबै भत्किएका छन् । पहिरोले मानवीय क्षती नगरेपनि घरहरु बगाएको छ । घरमा पालेका भैसी, गाइृ, गोरु, बाख्राहरु यत्रतत्र बानिएका छन् । सबै गाउँले गाइभैसी कहा बाध्ने आफुहरु कहाँ बस्ने कसरी बस्ने भन्नेमा चिन्तित छन् शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । उनले सबै बस्तीलाई स्थानान्तरण गर्नु पर्ने बताए । पहिरो खस्ने क्रम अहिले सम्म रोकिएको छैन् । सबै गाउँको जमिन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *