पश्चिम नवलपरासीको प्रतापपुरमा तस्कर र प्रहरीबीच झडप ,प्रहरीद्वारा ४ राउण्ड हवाई फायर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पश्चिम नवलपरासीको प्रतापपुर ५ बसहियामा सशस्त्र प्रहरीले गोली चालाएको छ । भारतीय सिमाबाट मलखाद तस्करी गरि आउनेहरुलाई रोक्ने क्रममा स्थानीयले प्रहरीमाथी ढुंगामुडा गरेपछि प्रहरीले ४ राउण्ड हवाई फाएर गरेको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिएकाछन् ।

स्थानीय संग भएको झडमा ५ सशस्त्र प्रहरी र सादा पोसाकका ५ गरि १० जना प्रहरी घाईते भएको पनि खनीयाले जानकारी दिएकाछन् । घाईतेहरीलाई पृथ्वीचन्द अस्पताल परासी उपचारकोलागी पठाईएको पनी उनले जानकारी दिए । झडमा परि स्थानीयहरुपनी घाईते भएको बुझिएको छ ।

विश्वव्यापी फैलीएको कोरोना भाइसलाई मध्यनजर गर्दै नेपालले सिमामा आवतजावतमा रोक लगाएको छ । नेपाल भारत सिमामा सशस्त्र प्रहरीले चेकजाचमा कडाईगर्न थालेपछि पछिल्लो समय स्थानीयहरु र भारतीयहरु संग प्रहरीको झडप हुदै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *