पशुपतिनाथ मन्दिर नजिक पूर्व युवराज पारश सडकमा झाडु लगाउँदै भेटीए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रत्येक शनिवार काठमाडौंका विभिन्न स्थानमा स्थानियले सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । करिब ३ वर्ष देखि सुरु भएको बाग्मती सफाई अभियान संगै टोल सफाई अभियान पनि जारी छ ।

शनिवार पशुपति मन्दीर परिसरमा सरसफाईमा गएका स्थानियको समुहमा पूर्व युवराज पारस पनि देखिए । उनले हातमा झाडु लिएर मन्दीर परिसरमा सफाई गरे ।

क्लीन काठमाडौं अभिया नम सहभागी हुन उनी कालो कारमा चढेर पशुपति क्षेत्र पुगेका छन् । कारवाट ओर्लि एका पूर्व युवराजलाई उनका समर्थ कले छाता ओढा उँदै मन्दीर परिसरमा लिएर गएका थिए ।

शनिवार विहानै देखि पानी परेका कारण सरसफाईमा भने केही कठिनाई आएको थियो । माइक लिएर अभियानको अगुवाई गरेका क्लीन काठमा डौंका अभियन्ताले पूर्व युवराज पारसलाई पनि समेट्न पाउँदा गर्व महशुष भएको बताए । लामो कपाल पालेका पारस खैरो सल ओढेल मन्दीर परिसरमा पुगेका थिए ।

आफु राजा हुन जन्मेको नभई सर्वसाधारण नागरिकको जस्तो जिवन विताउने बताएक पूर्वयुवराज पारस विभिन्न हर्कतका कारण सामाजिक सञ्जालमा चर्चीत पात्र हुन् ।

उनी युट्युवर सोनिका रोकाय संगको सम्बन्धका कारण पनि चर्चामा छन् । मुलुकका विभिन्न स्थानको भ्रमणमा जाँदा सोनि काका साथमा पुग्ने गरेका पारस र सोनिकाको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ । तर दुवै जनाले आफुहरुबीच त्यस्तो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । सहभागीहरुले अब मुलुकका लागि लड्नु पर्ने र त्यसका लागि मनको सफाई पनि आव श्यक भएको बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *