पर्सामा १४१ जना नया संक्रमित थपीए

बीरगन्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण रिपोट अनुसार १४१ जना नयाँ संक्रमित थपिएका छन् । यो पर्सा मा सन्क्रमित हुने हरुको अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधन कुमार उपाधायायका अनुसार
१४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेको मे.सु मधन कुमार उपाधायय ले बताए
आज थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२० जना पुरुष रहेका छन् ।
संक्रमितहरु बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको मे. सु मधन कुमार उपाध्याय ले बताएका छन ।