पर्सामा नेकपाको दुई पक्षबिच झडप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सामा नेकपाको दुई पक्षबिच झडप भएको छ । बिन्दवासनी गाउपालिका कमिटको सपथग्हण कार्यक्रम भइरहेको बेला दुई पक्षबीच लठीले हानाहान भएको हो ।

पर्सामा नेकपा जिल्ला अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोको दुई समूहमा विभाजन भएको छ । विहिबार विन्दवासनीमा सचिव बीजय पक्षधरले शपथग्रहण गरिरहदा सो गाउपालिका कमिटीका बाकी सदस्यहरु कार्यक्रममा पुगी आफुहरुलाई सहभागी किन नगराएको सोधने क्रममा झडप भएके थियो ।

झडपमा परि १ दुबै पक्षका दर्जन भन्दाबढी घाइते भएका छन । चार जनाको टाउकोमा चोटलागि अवस्था गम्भीर रहेको छ । उतम तिवारी,चिन्टु तिवारीकोगम्भरि अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरि नरायणीमा उपचार भइरहेको मुकेश चौरसियालाई बीरगन्ज स्थित न्युरो अस्पतालमा रेफर गरिएको छ । नेकपा पर्सामा इनचार्ज रामचन्द्र साह , अध्यक्ष प्रभु हजरा , सचिव बिजय महतो बीच विवाद हुदा दुई समुहमा विभाजन भएको छ ।झगडामा संलग्न केही व्यत्तिलाई प्रहरीले पूर्व सासद राजकुमार गुप्ताको घरबाट पक्राउ समेत गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *