पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण समुदायमा फैलिएको प्रशासनको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्साजिल्लामा थुनुवाकारुपमा रहेका ५ जना र ९ महिने एक बालकसहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका चार भारतीय र एक नेपालीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

अन्य २५ जना संक्रमित भने कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका हुन । आफैलाई शंका लागेर परीक्षणका लागि अस्पताल पुगेकाहरुमा पनि आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वीरगन्ज तथा आसपासका क्षेत्रमा समुदायसम्म कोरोना संक्रमण फैलिसकेको प्रशासनले आंकलन गरेको छ ।

वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको महामनगरपालिकाले पनि निस्कर्ष निकालेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकमा कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरणबारे ठोस निर्णय गर्न सकेको थिएन ।

शुक्रबार पुनः सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *