पर्सामा थप एक संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मंगलबार वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचारार्थ वीरगन्ज महानगरपालिका १४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो। मुटुको दीर्घरोगी रहेका ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान पौने १ बजे संक्रमित पुरुषको मृत्यु भएको जिल्ला प्रसासन कार्यालयका प्रवक्ता बिनय कुमारले जानकारी दिएकाछन्।

बिनय कुमारका अनुसार उनी केहि दिन पहिले मात्रै भारतको दिल्लीबाट घर आएका थिए। कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ।
वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ६ जना पर्साका बाराका १ जना रहेकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *