पर्सामा थप एक जनाको कोरोना संक्रमणले मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगंजमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज २० हरपतगंजका ४७ वर्षीय पुरुष रहेका छन्।

उनको शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। शनिबार बिहान अचानक उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि ५ बेडको आइसोलेसनसहितको नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही बेरमा उनको मृत्यु भएको थियोे।

उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो भने नाक र मुखबाट रगत निस्किन थालेपछि परिवारजनले अस्पताल लगेका थिए। मृत्युपछि नारायणी अस्पतालमा परीक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका डाक्टर उदय नरायण सिहले जनकारी दीए ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *