पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्जमा शुक्रबार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मधन कुमार उपाधयायले जानकारी दिएकाहुन ।

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।एडभान्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *