पर्साको सबैठवा नाकामा स्थानीय र प्रहरीबीच झडप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्साको सबैठवा नाकामा तनाव भएको छ । केही दिनअघि सशस्त्र प्रहरीले नाकामा तस्करीमा सहयोग गरिरहेको भिडियो खिच्ने एक युवालाई प्रहरीले सोमबार विहान कुटपिट गरेपछि तनाव भएको हो । प्रहरीको कुटपिटबाट स्थानीय जयप्रकाश चौरसिया घाइते भएका छन् ।

चौरसियालाई कुटपिट गरेपछि आक्रोशित स्थानीयले अहिले सशस्त्र प्रहरीको बीओपी घेराउ गरेका छन् । स्थिति तनावग्रस्त भएपछि अहिले सबैठवामा सशस्त्र प्रहरीका एसपी राजेन्द्र खडका सहित तीनवटा बीओपीका प्रहरीहरु खटाइएको छ । सबैठवा नाका हुँदै भारतीय सिक्टा बजारमा हुने तस्करीमा प्रहरीले सहयोग गरेको स्थानीयको आरोप छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *