पर्वत र वाग्लुङको सीमाना हुँदै बहने कालीगण्डकी नदी र मोदी खोलामा अत्यधिक दोहन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्वत र वाग्लुङको सीमाना हुँदै बहने कालीगण्डकी नदी र मोदी खोलामा अत्यधिक दोहन बढेको छ । धार्मिक पर्यटनका लागि उत्कृष्ट बन्नसक्ने कालीगण्डकी क्षेत्रमा अहिले अवैध उत्खनन बढेको हो ।

उच्च अदालत पोखरा बागलुङ इजलासले डेढ वर्षअघि जिल्ला प्रशासन कार्यालयलाई कालीगण्डकी संरक्षण गर्न आदेश दिए पनि नदी दोहन रोकीएको छैन । अत्तीयारले छानवीन गरीरहेको भन्दै नदी दोहन रोक्न नसकेको प्रशासन पर्वतले जनाएको छ । इजलासले नदीको अनुगमन र दोहन गर्नेमाथि कारबाही गर्न जिप्रकालाई आदेश दिएको थियो । कालीगण्डकी किनारका सबै नगरपालिका र गाउँपालिकालाई नदी संरक्षणको कानून बनाउनसमेत अदालतले परमादेश जारी गरेको छ ।

जन प्रतिनिधि के संलग्नतामा जिल्लामा नदी दोहन बढेको हो । , बहाव नै परिवर्तन हुनेगरी नदी क्षेत्रमा दिनहुँ एक्स्काभेटर लगाएर बालुवा र गिट्टी झिकिए पनि प्रशासन मूकदर्शक बन्दै आएको हो । अधिकाँश जन प्रतिनिधि निर्माण व्यावसायी बन्दा पनि स्थानीय तह कार्यन्वय पछि नदी दोहन बढेको हो । अहीले मोदी खोला तथा कालिगण्कडी नदीका विभिन्न स्थानमा दिनहुँ जसो एक्साभेटर प्रयोग गरेर नदी जन्य निर्माण सामाग्री निकासी बढेको छ । डमुबा खोला , राजाको बगर , ज्यामीरे वगर मालढुङ्गा तथा मोदी वेणी लगायतका स्थानमा अहीले दिनहु नदी दोहन भईरहेको हो । स्थानीयका अनुसार स्थानीय सरकार कार्यन्वय पछि नदी दोहनले तिब्रता पाएको हो ।

हिन्दू परम्पराअनुसार विशेष तिथि तथा पर्वमा कालीगण्डकीमा स्नान गर्ने चलन रहको छ । नदी किनारमा दर्जनौं घाट रहेका छन । ‘त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मका सयौं धार्मिक मठमन्दिर, रहेको कालिगण्डकी दोहनले धार्मीक स्थलको समेत सुरक्षामा चुनौती थपिँदै आएको छ । नदी आसपासमा किनारमा मात्रै १० लाख मानिस बसोबास गर्ने विभिन्न वस्ती रहको बस्ने प्रारम्भिक अध्ययन छ । विना मापदण्ड नदी दोहन गर्दा कुनै पनि समय ठुलो दुर्घटना हुने आसपासका जानकारहरु बताउँछन ।

नदी संरक्षणका अभियन्ता ऋषि प्रपन्नाचार्यले दिन प्रतिदिको कालीगण्डकी दोहनले सभ्यता मासिँदै गएको गुनासो गरे । शालिग्राम शिला पाईने विश्वको एक मात्र नदी कालीगण्डकी भएका कारण पनि धार्मीक देखी प्राकृतीक सम्पदाको रुपमा रहेको नदी दोहन हुनु दुखत पक्ष रहेको आचार्यको भनाई थियो । नदी उत्खनन गरी ठेकेदारले करोडौं आम्दानी गरे पनि राज्यलाई कर तिरेका छैनन ।
नदी किनारमा सञ्चालन भएका सबै क्रशर उद्योहरु अवैध रहेका छन । कुनै दर्ता नै भएका छैन्न त कुनै नवीकरण नभए का हुन । सरोकारवाला निकायको बेवास्ताले नदी दोहन मौलाउन्दै गएको स्थानीयको आरोप छ । स्थानीय अर्जुन शर्माले प्रशासन र क्रशर उद्योगीहरुको मिलेमोतोका कारण दिनहुँ यस्ता गतिविधिहरु हुनसक्ने बताए ।

पर्वत र बागलुङ सीमा हुँदै बग्ने कालीगण्डकी नदीको झन्डै २ किलोमिटर क्षेत्र नक्सामै गायब भएको वर्षौ भएपनि यहाँका सारोकारवाला निकायले अहीले सम्म चासो देखाएका छैन्न । नदीको मध्यभागबाट ३०÷३० मिटर दायाँबायाँको क्षेत्र सरकारी हुनुपर्नेमा पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर दूरीमा नदीको भागै नभएको पाइएको हो । नदी किनरको २५ किक्ता करीव १ सय ६० रोपनी जमीन व्याक्तिको नाममा देखीएको मा अहीले नदीको बहावै परिवर्तन गराए व्यवसायीहरुले नदी दोहनलाई तिब्रता दिँदै आएका छन ।
यता जिल्ला प्रशासन पर्वतले भने अक्तीयार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेका कारण आँफुहरुले कुनै पनि गतिविधि नगरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले अक्तीयारको अनुसन्धानमा भईरहको भन्दै यस विषयमा धेरै नवोल्ने बताईन

अहीले कालिगण्डकी नदी किनारमा भईरहेका क्रशर उद्योग र निर्माण व्यवसायको नविकरण नभएका हुन । दर्जन भन्दा बढी क्रसर उद्योग नदी किनारमा रहेका भएपछि वर्षौंदेखी नवीकरण हुन नसकेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *