पर्वत फलेवासले लागु गरेयो श्रमीकलाई पेन्सन अवधारणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

फलेवास नगरपालिकाले गरिब तथा विपन्नलक्षित कार्यक्रमलाई अगाडी बढाएको छ । नगरपालिकाले २५ बर्षदेखि ६० बर्षसम्मका श्रमिकको लागि श्रमिक कल्याणकारी कोष स्थापनाको प्रक्रियालाई अगाडी बढाएको हो ।नगरपालिकाको अघिल्लो आवको नगरसभाले पारीत गरेको नगरका श्रमीक कल्याणकारी कोष स्थापना गर्न ऐन र कार्यविधि बनाई लागु गराउने चरणमा रहेको हो ।

कार्यविधि अनुसार आरनमा काम गर्ने वालीघरे सीलाई गर्ने श्रमिक, बाजा बजाउने श्रमीक, सीकर्मी तथा डकर्मी काम गर्ने सडक मर्मत गर्ने, अति विपन्न कृषक श्रमिक, सीप र पेशा भएका तर विपन्न श्रमिक, श्रमिक दलित, एकल महिलाका लागि श्रमिक कल्याणकारी कोष स्थापना गर्ने कार्यक्रम ल्याएको हो ।नगरपालिकाका प्रमुख पदमपाणी शर्माको योजना अनुरुप फलेवास नगरपालिकाले ‘ल्याएको श्रमिक कल्याणकारी कोष स्थापना कार्यक्रममा श्रमिकले प्रत्येक महिना पाँचसय रुपैयाँ जम्मा गर्नेछन् भने नगरपालिकाले थप पाँचसय रुपैयाँ जम्मा गरेर गरीवी निवारण सहीत सुरक्षीत भविश्यको सुनिश्चिता ल्याउन लागेको बताए ।

कुनैपनि श्रमिकले ६० बर्ष, वृद्धाअवस्थापछि आर्थिक समस्या भोग्न नपरोस् भन्ने उद्वेश्यले ऐन र कार्यविधि अनुसार ल्याएको श्रमिक कल्याणकारी कोष स्थापना योजनाका लागि नागरिक लगानी कोषसँग साझेदारी गर्ने र सो कोषमा जम्मा भएको रकम सम्बन्धित श्रमिकले पेन्सनको रुपमा ६५ बर्षपछि मात्र निकाल्न पाउने व्यवस्था गरिने फलेवास नगरपालिकाले जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत मुक्ती राम रिजालले वडा तहमा रहेका श्रमीकहरुको विवरण संकलनको कामलाई अगाढी बढाएको बताए ।

११ वडा रहेको नगर पालिकाले नागरीक लगानी कोषिमा जम्मा हुने रकम बिचमा निकाल्न वा वितरण गर्न नपाईने गरी नियम बनाएको छ । समयावधि अगावै कथमकदाति निजको मृत्यु भएमा वा भैपरी आएमा निजको हकवाला संरक्षकको सो रकममा हक कायम गर्ने गरी नै नीति निमय बनाईएको हो । यो कार्यक्रमले नगरको गरीवी पहीचान गहीचान गराउने निवारण गर्न सहज हुने नगर पालिकाले जनाएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *