पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले जानकारी दिएका छन्।
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्री भट्टराईले सामाजीकसञ्जालबाट जानकारी गराउदै आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेशनमा बस्न आग्रह समेत गरेकाछन् । हालसम्म ज्वरो बाहेक अरु स्वास्थ्य समस्या नभएको सामाजिक सञ्जालमार्फत उनले बताएका छन्। साथै केहीदिन देखि आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन र कोरोना परीक्षण गर्न उनले आग्रह गरेका हुन।