पर्यटनमन्त्रीलाई विद्यासुन्दरले दिए गजबको सुझाव स् पर्यटक तान्‍न नेपालमा होइन विदेशमा कार्यक्रम गरौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्‍यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पर्यटन वर्षमा धेरै पर्यटक ल्याउनको लागि विदेशमा कार्यक्रमहरू सुझाव दिएका छन्। बुधबार मन्त्रालयले राखेको बृहत छलफलमा उनले नेपालभित्र मात्रै कार्यक्रम गरेर पर्यटक नबढ्ने भन्दै विदेशमा कार्यक्रम केन्द्रित गर्न आग्रह गरेका हुन्। विदेशबाट नेपाल आउने पर्यटक तयार गर्न आवश्‍यक छ, विदेशमा लगानी पुगेको छैन, विदेशी पर्यटक ल्याउने कसरी त्यतातर्फ सोचौँ शाक्‍यले भने। पर्यटन मन्त्री योगेश भट्टराईले विभिन्‍न झाँकीसहित भ्रमण वर्षको उद्घाटन भव्य गराउन सहयोग गर्न आग्रह गरिरहेको अवस्थामा शाक्‍यले नेपालमा भन्दा बढी विदेशमा कार्यक्रम गर्न केन्द्रित गर्न आग्रह गर्दै महानगर पनि लगानी गर्न तयार रहेको बताएका हुन्। सांस्कृतिक टोलि विदेश पठाएर, त्यहा पनि बरु झाकी सहित जाने र , दुई-चार करोड खर्च होला तर नेपाल आए भने एकरदुई अर्ब उठ्छ शाक्‍यले भने। उनले पर्यटन वर्षलाई केन्द्रित गरेर काठमाडौंलाई हेर्न लायक शहर बनाउन विज्ञहरूसँग सुझाब मागिएको दावी समेत गरेका छन। विशेषगरी काठमाडौंका चारमन्दिमध्ये बौद्धमा बाटोको कारण र पशुपतिमा धुलोको कारण समस्या रहेपनि स्वयम्भु र हनुमानस्थानमा त्यस्तो समस्या नरहेको उनको भनाइ छ। उनले भ्रमण वर्षलाई केन्द्रित गरेर प्याकेज घोषणा गर्नु पर्ने र त्यसमा केही उपहार निशुल्क रुपमा दिने व्यवस्था गर्नु पर्ने बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *