पर्यटक तान्न बिश्वकै सबैभन्दा लामो झोलुङ्गेपुल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

प्रकृती संग रमाउन खोज्ने विश्वका पर्यटक आकर्षित गर्ने काम अहिले अन्तीम चरणमा छ ।बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएपछी थला परेको सर्यटन व्यवसायलाई टेवा दिने गरी आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङ नगरपालिकाले तयारी गरिरहेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवा वारि जोड्ने ५६७ मिटर लामो बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण सकेर हस्तान्त्रणको तयारीमा छ । पुलमा रातीको समयमा वारपार गर्न सहज होस भन्ने उदेश्यले लाईट जडानको काम भैरहेको छ । सिंगला स्पानमा निर्माण भएको विश्वकै लामो पुललाई थप अर्कषक वनाउन लाईट जडान गर्न लागेको नगरपालिकाले जनाएको छ । वन्दा वन्दीको कारण पुलको औपचारीक उद्घाटन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।

५६७ मिटर लामो सिंगल स्पान प्रविधिको बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल ठेकेदार कम्पनीले सम्झौता मिति भन्दा एक बर्ष अगाडि नै सम्पन्न गरेपनि कोरोना भाइरस कोभिड १९ का कारण देशमा बन्दाबन्दी भएपछि पुल हस्तान्तरण र उद्घाटनको काम भने रोकिएको छ । पुलले बागलुङको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्ने स्थानियको भनाई छ ।

पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकाका जनताका लागि सहज पहुँच पुग्नेछ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष जिवन आचार्यले वताए ।

स्विजरल्याण्डमा सिंगल स्पानको ४९७ मिटर लामो झोलुङ्गेपुल बिश्व कै सबैभन्दा लामो मानिन्थ्यो । पुलमा २८ वटा लठ्ठा जडान गरिएको छ भने पुलमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ । पुलको प्रति वर्गफिट चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको निर्माण कम्पनी थानी, बीएलटी हिमशिखर कन्स्ट्रक्सनले जनाएको छ कालिगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको निर्माण मम्पनीका प्रतिनिधी नरहरि खड्काले जानकारी दिए ।

कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि बागलुङमा वनेको पुल खुला प्रकृतिको पहिलो हो ।

चाँदनी–दोधारा पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बनेको पुल खुला आकाशमा बनेकाले पनि यस प्रकृतिको पुल नेपालकै नभई विश्वकै लामो पुल रहेको बागलुङ नगर पालिकाले जनाएको छ । नगरपालिकाले पुललाई गिनिज वुक अफ वल्ड रेकडमा दर्ता गर्ने प्रक्रिया समेत अगाडी वढाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *