पर्यटकहरुकालागी नेपाल प्रवेश कार्तिकबाट खुल्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने बताएका हुन् । यसका लागि मापदण्ड बनाएर मात्र आवागमनको अनुमति दिइने समेत बताए ।

यसैगरी, सरकारले भारतसँगको सीमानाकामा १० स्थानबाट मात्र आवागमन गर्न दिने अवधि ३० असोजसम्म रहने जनाएको छ ।मन्त्रिपरिषद्को बैठकले ३० गतेसम्म भारतसँगको १० वटा सीमानाकाबाट मात्र आवागमन गर्न दिइने निर्णय गरेको हो ।

सरकारले अझै पनि शैक्षिक संस्था, खेलस्थल, मनोरञ्जनस्थल, गोष्ठी सभा अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *