पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज खुल्ला,तर स्वाथ्य मापदण्ड अपनाउनु पर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बिश्व व्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरसका कारण पर्यटकिए गतिविधी वन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला हुने भएको छ।

जैवीक विविधताले धनि बर्दिया राष्ट्रिय निकुञ्ज हिन्दुहरुको महान पर्व बिजया दशमीलाई मध्यनजर राख्दै शनिवार देखि खुल्ला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । कोभिड १९का कारण स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै चैत्र ७ गते देखि पर्यटकका लागि बर्दिया निकुञ्ज बन्द गरिएको थियो।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना हुने गरि निकुञ्ज खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी गराएका छन् । निकुञ्ज प्रवेश गर्दा अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग, भौतिक दुरी लागाएतका स्वास्थ्य मापदण्ड पालना नगर्नैलाई निकुञ्जमा प्रवेश निषेध गरिएको निरौलाको भनाई छ । जंगल सफारी तथा वाक जाँदा अनिवार्य रुपमा नेचर गाईड हुनुपर्नै,जंगल सफारीका लागि गाडीको क्षमताको ६० प्रतिशत मात्रै पर्यटक राख्न पाईने व्यवस्था निकुञजले गरेको छ ।

जंगल वाकको हकमा गाईडसमेत एकपटकमा ४ जना मात्रै प्रवेश गर्न पाईने निकुञ्जको भनाई छ । निकुञ्जले तोकेको रुटमामात्रै जंगल ड्राईभ र वाक गर्न पाईने र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकिय गतिविधी संचालन आचारसंहिता २०७६को अनिवर्य रुपमा पालना गर्नुपर्नै वताईएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली २०५३को पालना नगरि निकुञ्ज प्रवेश गर्न नपाईने निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज भित्र जंगल सफारी तथा जंगल वाक गर्न पाईने व्यवस्था मिलाईएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *