परिक्षामा चिट चोर्ने प्रथाको अन्त्य

एसईइ दिने बिदार्थीहरुलाई उत्कृष्ट अंक ल्याउन र राम्रो गरी तयारी गर्न कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाही आग्रह गरेका छन् । चैत्र ६ गते बाट संचालन हुने एसईइ परिक्षामा सम्र्पुण विद्यार्थीलाई शुभकामना दिएका हुन् । एटुजेट ट्युशन सेन्टर कालिकोटले आयोजना गरेको एसईइ दिने बिद्यार्थीहरुलाई बिदाई कार्यक्रममा बोल्दै यस्तो बताए । अहिलेका एसईइ दिने बिद्यार्थीहरुको काँधमा जिल्लाको भबिश्य रहेको बताउदै चिट चोर्ने प्रथाको अन्त्य गर्नुपर्ने प्रदेश सरकारको जोड रहेको वताए ।
कार्यक्रममा अहिलेको घोकन्ते शिक्षा भन्दा प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताए । उहाँले खुला बिश्वबिद्यालयको अभ्यासलाई पछ्याउदै बिद्यार्थीले फिल्डमा गरेर सिक्ने बाताबरण बनाउनुपर्ने बताए । उहाँले कितावमा दुधका परिकार के बनाउन सकिन्छ भनेर घोक्नु भन्दा भैैसी पालेर दुध दोहेर आफै परिकार बनाउने गरी सिकाई हुनुपर्ने बताए । अहिलेको शिक्षाले ढुंगा हान्ने जनशक्ती मात्र उत्पादन गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव तथा प्रदेश सभा खका पार्टी सभापती दमनराज शाहीले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन मुख्य आवश्यकता रहेको बताए । गुणस्तरीय शिक्षाले राम्रा मान्छे उत्पादन गर्न मार्ग दर्शक रहेको बताए । एसएलसी दिने बिद्यार्थीहरुलाई शुभकामना दिदै पछिल्लो समय खस्किदै गएको शैक्षिक गुणस्तर सुधार गर्न सबै सरकोरावालाहरुले चासो दिनुपर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव तथा प्रदेश सभाका पार्टी सभापती शाहीले बताए ।
शिक्षाले सकरात्मक सोच र मानिसको जीवन नै परिवर्तन तिर लैजाने गर्दछ । एटुजेट ट्युशन सेन्टर कालिकोटबाट पठनपाठन गरेका विद्यार्थीले राम्रो उत्कृष्ट अंक ल्याएर पास गरेका विद्यार्थीलाई दश हजार रुपैया पुरस्कारको व्यावस्था गर्ने एटुजेट ट्युशन सेन्टरका सस्थापक तुलाराज पान्डेले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, तिला कर्णाली बहुमुखी क्याम्पसका सभापती भिमप्रसाद आचार्य, कर्णाली जेसिजका अध्यक्ष सबिन बिष्ट लगायतका वक्ताहरुले एसईइ दिने बिदार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।