परासीको छिपागडस्थित हुलाकी सडकमा कार दुर्घटना,३जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ । रोहिणी गाउँपालिका चार छिपागडस्थित हुलाकी सडकखण्डमा गएराति लु २ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा अन्य चार जना घाइते भएकोमा तीन जनाको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये रुपन्देही ओमसतिया गाउँपालिका चार बालापुरका २६ को देवेन्द्र चौधरीको मात्रै पहिचान खुलेको छ ।

अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका ४ का ३० वर्षीय अनिल यादवको अस्पतालमा उपचार भैरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *