‘पब्जी’ गेमलाई टक्कर दिन अब ‘कल अफ ड्युटी’ मोबाइलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘कल अफ ड्युटी’ विश्वमा सबैभन्दा चर्चितमध्ये एक भिडियो गेम हो।

अब यो गेम मोबाइलमा डाउनलोड गर्न सकिन्छ। कल अफ ड्युटी मोबाइलमा लन्च गर्ने भनेर कम्पनीले गत मार्च महिनामै घोषणा गरेको थियो। यस गेम आइफोन र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि खुला भएको छ।

यस गेमले अहिले विश्वमा चर्चित अनलाईन मोबाइल भिडियो गेम पब्जीलाई टक्कर दिने अनुमान गरिएको छ। कल अफ ड्युटी कम्प्युटरको दुनियाँमा सर्वाधिक रुचाइएको गेम हो।

५.१ एन्ड्रोइडका फोनले यस गेम डाउनलोड गर्नसक्नेछन्। यस्तै आइओएस ९ भन्दामाथिका प्रयोगकर्ताले यस गेम डाउनलोड गर्नसक्नेछन्।

यस गेम चल्नका लागि फोनमा कम्तिमा २ जीबी र्याम हुनुपर्नेछ। पब्जीको जस्तै यस गेमको ग्राफिक्स पनि राम्रो भएको जनाइएको छ। एजेन्सी

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *