पदक विजेतालाई सरकारको इनाम : स्वर्णलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले यस्तो घोषणा गरेका हुन् ।

फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ । फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि ५ लाख रुपैयाँ प्रदान गरिनेछ । प्रधानमन्त्री केपी ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई आज आफ्नै निवास बालुवाटारमा बोलाएर सो प्रोत्साहन रकम उपलव्ध गराउने घोषणा गरेका हुन् । मंगलवार सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो । अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *