पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्टी व्यक्त गरेका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाएका हुन । उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराए ।

विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषा प्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको उनको भनाइ थियो । नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरु’ कायमै रहेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे । अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रबर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *