पछिल्लो २४ घण्टायता ३५१७ जना कोरोना संक्रमित थपिए, ४०९६ निको भए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो २४ घण्टायता देशभर थप ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १६८२३५ पुगेको छ।

संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९ जना, वागमती प्रदेशमा २२६६ जना, गण्डकी प्रदेशमा २२४ जना लुम्बीनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज ४०९६ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या १२८९५८ पुगेको छ। हाल देशभर ३८३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल क्वारेन्टाइनमा २६६६ रहेको मन्त्रालयले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *