पछिल्लो २४ घण्टामा २८५६ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।
हाल आइसोलेसनमा ४५ हजार ५ सय ७२ र क्वारेन्टिनमा ३ हजार ६४ जना रहेका छन् ।