पछिल्लो २४ घण्टाभित्र १२०१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस कोभिड १९० को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *