पछिल्लो२४ घण्टामा २५०८ संक्रमित थपिए, २२६४ डिस्चार्ज भए,१७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । २४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *