‘नो ब्रा मुभमेन्ट’ कि अभियन्ता चोप जिन-रि मृत फेलास् आत्महत्याको अनुमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका चोप जिन-रि मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा उनी सोमबार मृत फेला परेकी हुन् ।

घरको दोस्रो तलामा उनका म्यानेजरले चोप जिन-रि लाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । आत्महत्याको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।

उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *