नेविसंघ कास्कीका नेताहरु रिहा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सरकारी सवारी साधन जलाएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थीसंघ कास्कीका नेताहरु रिहा भएका छन् । सफाइ पाउनेहरुमा नेपाल बिद्यार्थीसंघ कास्कीका अध्यक्ष पर्शुराम बस्नेत, नेताहरु डिफान भुजेल, बिनय पौडेल लगाएत रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिको बा १ झ ५८७९ नं.को गाडि जलाएको झुृटा आरोपमा मुद्धा खेपिरहेका थिए । जिला अदालतका मुख्य न्यायधीस बिश्नुप्रसाद उपाध्यायको एकल इजलासले उनीहरुलाई सफा दिएको हो । अधिवक्ता बिश्नुप्रसाद शर्मा, रोहितराज बास्तोला, सन्तोश अधिकारी, मुकुन्दराज अर्याल र जगन्नाथ ढकालले झुटा आरोपमा निर्दोश विद्यार्थी फसेको भन्दै मुद्धा किनारा लगाउन जुटेका थिए । रिहाइपछि विद्यार्थी नेताहरुले अन्याय र अत्याचार विरुद्ध सधैँ लडिरहने आफुहरुको अभियान जारी रहने बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *