नेविसंघले गर्यो इटहरीमा मसाल जुलुस प्रदर्शन,अख्तियारलाई मुद्दा फिर्ता लिन चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सुनसरीको इटहरीमा मसाल जुलुस प्रदर्शन गरेको छ। कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रह भएर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेविसंघ सुनसरीले इटहरीमा आइतबार साँझ जुलुस प्रदर्शन गरेको हो।

ललिता निवास प्रकरणमा जोड्दै गच्छदारलाई अख्तियारले मुद्दा दायर गरेपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन सडक आन्दोलनमा उत्रिएको छ। नेविसंघ सुनसरीले इटहरीमा मसाल जुलुस प्रर्दशन गर्दै अख्तियारलाई मुद्दा फिर्ता लिन चेतावनी दिएको छ।

नेविसंघ सुनसरीका सभापति मन्दीप भट्टराईको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताहरूले अख्तियार र सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए। सभापति भट्टराईले अख्तियारले सरकारी जग्गा व्यत्तिको नाममा नामसारी गर्ने निर्णयको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएको आरोप लगाएका छन।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *