नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँको सहयोग पत्रमा सम्झौता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालसरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हादाद जर्भोसले ४५ करोड अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताएका थिए ।

विश्व बैंकका निर्देशक जर्भोसले कोरोना भाइरस संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने विश्वास ब्यक्त गरे ।

विश्व बैंकले कोरोनापछि नेपालमा आर्थिक गतिविधिलाई बढवा दिन सडक सहयोग आयोजना अन्तर्गत सो सहयोग उपलब्ध गराएको हो । सहयोग रकम थानकोट मुग्लिन, कञ्चनपुर ढल्केबर पथलैया सढक सुधार कार्यक्रम र व्यापार सहजीकरण आयोजनामा यो रकम परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *