नेपाल सम्वत ११४० सुरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल सम्वतको नयाँ वर्ष ११४० को आज पहिलो दिन, राजधानी लगायत देशका बिभिन्न शहरमा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । चन्द्र पात्रोअनुसार चल्ने यो सम्वतको नयाँ वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदाको दिनमा आउने गर्दछ । नेपाल सम्वत् ११४० को पहिलो दिनको स्वागतका लागि शुक्रबार काठमाडौ उपत्यका लगायत नेवार समुदाय बाहुल शहरहरुमा विविध कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौ उपत्यका सहित ललितपुरको पाटन, भक्तपुर जस्ता नेवार समुदायको बसोबास भएका ठाउँमा आज नयाँ वर्षको पहिलो दिन हर्षोल्लासका साथ मनाइदैछ । गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गराएको सम्झनामा राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको समेत चर्चा गर्ने गरिन्छ । यस अवसरमा ठाँउ ठाँउमा झांकी, याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८८० मा सुरु गरेका थिए । राजाले गरिब जनतालाई ऋणमुक्त गराएपछि यो सम्वतको सुरुवात भएको मानिन्छ । यसैको कदर स्वरुप सरकारले २०५५ साल मंसीर २ गते बिहिबार साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । नेपाल संवत् देशको नाममा प्रचलनमा ल्याइएको एकमात्र संवत हो जुन विश्वमा प्रचलित संवतहरू मध्येकै भिन्न सम्वत मानिन्छ । विक्रम संवत् २००७ सालमा प्रजातन्त्रको स्थापना भए देखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । विक्रम सम्वत् २०६५ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिएको थियो ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *