नेपाल विद्युत प्राधिकरणले निकाल्यो लोडशेडिङको तालीका, कहा कहा कटौती हुदैछ विजुली हेनुर्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

नेपाल विद्युत प्राधिकरणले फागुन १० गतेदेखि फागुन ३ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने सूचना जारी गरेको छ । लोडशेडिङकै झल्को दिने गरी तालिका प्रकाशित गर्दै विद्युत प्राधिकरणले शनिवार देशका विभिन्न क्षेत्रमा विद्युत प्रवाह अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार, प्रदेश नम्बर १ का विभिन्न ठाउँमा फागुन १ गते अर्थात शनिवार बिहान ९ बजेदेखि फागुन ३ गते दिउँसो ४ बजेसम्म बत्ती जाने छ । प्रदेश नम्बर १ मा इटहरी फीडर अन्तर्गत ओशो चोक, बस्नेत टोल, राधाकृष्ण मन्दिर संगीत चोक, तुलसा टोलमा बत्ती जाने छ ।

यस्तै उद्योग लबिपुर फीडरअन्तर्गत औद्योगिक क्षेत्रमा पनि ३ दिनसम्म विद्युत कटौती हुनेछ ।
यस्तै इटहरीकै एनटीसी फीडर अन्तर्गतका विभिन्न क्षेत्रमा पनि बत्ती जाने प्राधिकरणले जनाएको छ ।

सडक विभागले काम गरिरहेको र मर्मतका लागि तीन दिनसम्म बत्ती जाने सूचना जारी गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिएकाछन्। सञ्चारमाध्यमलाई जानकारी गराउदै उनले भने,‘मर्मतका लागि तीन दिनसम्म समय लाग्ने देखिएकाले सूचना जारी गर्नु परेको हो, समयअगावै काम सकिएमा अगाडि नै बत्ती आउँछ ।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *