नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सेल्फ आइसोलेसनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सेल्फ आइसोलेसनमा बसेका छन् । राष्ट्र बैंकमा प्रतिवेदन बुझाउन आएका एक इन्जिनियरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्न उनी आइसोलेसनमा बसेका हुन ।

अधिकारी गत शुक्रबारदेखि सेल्फ आइसोलेसनमा रहेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकले जनाएको छ । अहिले उक्त कार्यक्रममा सहभागी अन्य कर्मचारी पनि सेल्फ आइसोलेसनमा छन् । यसअघि नेपाल राष्ट्र बैंकका एक सहायक निर्देशकलाई पनि कोरोनाको संक्रमण पुष्टि भैसकेको छ ।

त्यस लगत्तै गरेको परीक्षणमा भने गर्भनरको रिपोर्ट नेगेटिभ आएको थियो । अहिले अधिकांश कर्मचारी सम्भव भएसम्म घरमै रहेर काम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *