नेपाल भारत सचिवस्तरीय बैठक सम्पन्न, सम्बन्ध सुदृढीकरणको सन्देश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल र भारतबीच सोमबार विकास परियोजनाको कार्यप्रगतिबारे औपचारिक छलफल भएको छ । भिडियो कन्फरेन्समार्फत् दुई पक्षबीच परियोजनाको कार्यप्रगतिबारे छलफल भएको हो । दुई देशबीच चार महिनाको औपचारिक संवादहीनताको अवस्थामा आइसब्रेक भएलगत्तै समिक्षा बैठक भएको हो । यसअघि १५ अगष्टमा भारतको ७४ औं स्वतन्त्रता दिवस पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ मिनेट टेलिफोन संवाद भएको थियो ।

नेपाल भारत संयुक्त अनुगमन संयन्त्रको आजको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदार बैरागी र भारतका तर्फबाट राजदूत विनय मोहन क्वात्रा सहभागी थिए । छलफलमा दुई पक्षले भारतीय सहयोगमा अगाडि बढिरहेका विकास परियोजनाको समिक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा दुवै पक्षबाट टोली सहभागी थियो ।

भारतीय राजदूतावासका अनुसार बैठकमा दुवै पक्षका टोलीका अध्यक्षता गरेका सचिव वैरागी र राजदुत क्वात्राले एक वर्षअघिको प्रगतिबारे उल्लेख गरेका थिए । जसमध्ये भारत सरकारले प्रतिवद्धता गरेको ५० हजारमध्ये ४६ हजार ३ सय १ भुकम्पपीडितका लागि गोरखा र नुवाकोटमा घर निर्माण भइसकेको, मोतीहारी अमलेखगञ्ज अन्तरसीमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको, वीराटनगरस्थित संयुक्त सीमा चेकपोष्ट निर्माण भइसकेको विषय छन् ।

नेपालले भारत सरकारबाट कोभिड १९ को रोकथामसँग जुध्नका लागि भएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेको छ । दुवै पक्षबीच उपयुक्त समयमा संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।दुई देशबीचको अनुगमन संयन्त्र सन् २०१६ मा स्थापना भएको हो । भारतीय सहयोगका परियोजनाहरुबारे समिक्षा र अनुगमन गर्न नेपालका सरकारका विभिन्न मन्त्रालय, विभाग र निकायका अलावा भारतीय राजदूतावासका अधिकारी र परियोजना सम्बन्धी परामर्शदाता र ठेकेदारसहित रहेको संयन्त्र बनाइएको हो । संयन्त्रको यसअघिको बैठक ८ जुलाई सन् २०१९ मा बसेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *