नेपाल भारत खलंगा सीमा पुल आघा घण्टाकालागी खुल्योः २४ भित्रीए, ५६ बाहिरीए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आधा घण्टा खोलिएको नेपाल–भारत जोड्ने खलंगा पुलघाँटबाट मंगलबार ८० जनाले आवत् जावत् गरेका छन् ।नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाकालागि खुल्ला गरिएको छ ।

भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामको सिलसिलामा भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट ओहोर दोहोर गर्न दिईएको छ ।

मंगलबार आधा घण्टाका लागि खुलेको सीमाबाट भारतबाट २४ जना भित्रीएका छन भने ५६ जना भारततर्फ गएकाछन । भारतको विभिन्न ठाउँमा काम गर्दै आएका नेपालको विभिन्न क्षेत्रका नेपालीहरु नेपाल भित्रीएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिएकाछन् ।

नेपाल भित्रीनेमा १७ जना पुरुष ५ जना महिला र २ जना बालबालीका रहेका छन । नेपाल भित्रीएका नेपालीहरुलाई महाकाली नगरपालिकाले विभिन्न सम्बन्धीत पालिकाहरुसँग सम्पर्क गरी पठाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *