नेपाल बाट स्पेन फर्किएका एकजनाको कोरोना संक्रमणका कारण मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालको यात्रा गरी स्पेन पुगेका एक नागरिकको कोभिड १९ भनिने कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। यद्यपीस स्पेनका अधिकारीहरुले ती पर्यटकलाई नेपाल छँदै संक्रमण भएको थियो या नेपालबाट प्रस्थान गरेपछि संक्रमण भएको थियो भन्ने जानकारी दिएका छैनन्‌।

कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको, तर उनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

डेलीमेलका अनुसार यो नै कोरोना भाइरसका कारण स्पेनमा मानिसले ज्यान गुमाएको पहिलो घटना हो। नेपाल घुमेर गएका भनिएका ती व्यक्तिमा शुरुमा निमोनिया देखिएको थियो। तर त्यो निमोनियाको प्रकार स्वास्थ्य अधिकारीहरुले नै पत्ता लगाउन सकेका थिएनन्।

स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोना संक्रमण देखिएको छ र यी मध्ये ४६ जना मड्रिडकै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *