नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न नसकेको भन्दै सांसदहरु आक्रोशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न नसकेको विषयलाई लिएर सांसदहरुले प्रस्न उठाएका छन् । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उपस्थित भएका सांसदहरुले फोरजी विस्तारमा टेलिकमले काम गर्न नसकेको र अन्य सुविधा समेत प्रभावकारी नभएको बताएका हुन ।

यस्तै निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलसँग नेपाल टेलिकम प्रतिस्पर्धा गर्न नसकेको भन्दै टेलिकमलाई निजीकरण गर्नु सझाव समेत दिए । राज्यले नै निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि टेलिकमलाई निजीकरण गर्नुको विकल्प नरहेको सांसदहरुले बताएका हुन् । फोरजी सेवा विस्तार हुन नसक्नुका वास्तविक कुराहरु बाहिर नआएसम्म टेलिकम नसुध्रिने समेत सांसदहरुले बताए ।

सरकारले सुविधा र फाइदा जति एनसेललाई दिने तर टेलिकमलाई सधै पछाडि पार्ने गरेको आरोप समेत सांसदहरुले लगाएका छन् । सांसदहरुले गुणस्तरीय सेवा दिन नसक्ने टेलिकमको कामकारबाही छानविन गर्न समितिबाट उपसमिति गठन गर्नुपर्ने माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *