नेपाल घुम्नआएका पर्यटकहरुको बड्दो अस्लीलता, कस्ले रोक्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पोखरा – नेपालमा पर्यटक ओइरिने एउटै कारण छ, त्यो हो यहाँको प्राकृतिक सम्पदा। कंक्रिट संरचनाबाट आहत भएका विदेशी पर्यटकका आँखा प्राकृतिक स्वच्छन्द सम्पदामा रमाउन पाउँदा साँच्चिकै राहत महशुस गर्छन्। त्यस्ता सम्पदाहरु नेपाली जनसमुदायका धार्मिक पुज्य स्थल पनि हुन्। जुन वर्षौदेखि पुजिँदै संरक्षण भइरहेका छन्।

तर घुम्ने बहानामा केही विदेशीले नेपालका पवित्र प्राकृतिक स्रोत साधनमा अश्लिल गतिविधि गर्नाले त्यस क्षेत्रको सुगन्ध भन्दा दुर्गन्ध फैलिन्छ। यस्तै दुर्गन्ध फैलाइएकी छन् एउटी विदेशी नागरिकले।

युवाहरुमाझ अत्यन्तै लोकप्रिय बनेको इन्स्टाग्राममा ‘कोम्सिकोम्सास’ नामक विदेशी महिलाले पोखराको फेवातालमा नग्न तस्बिर खिचाएर पोस्ट गरेकी छन्। एकैसाथ दुई तस्बिर पोस्ट गरेकी उनले क्याप्सनमै ‘प्रकृतिको आनन्द लिन स्वतन्त्र छोडिदिन्छु’ मनसाय व्यक्त गरेकी छन्। रसियन भाषामा उल्लेखित उक्त क्याम्पसनमा त्यसको भोलिपल्ट नै अन्नपूर्ण बेसक्याम्पका लागि यात्रा गर्ने समेत जनाएकी छन्।

उक्त तस्बिरमा टपलेस देखिएकी उक्त महिलाले पछाडिबाट पिठ्यूँ फर्काएर हातमा बहाना लिई डुंगामा बसेको देख्न सकिन्छ। ६ सय ६४ फ्लोअर्स भएको उनको इन्स्टाग्राममा आफू योगा प्रशिक्षक भएको खुलाएकी छन्। उक्त नग्न तस्बिरमा मात्रै सयौं लाइक र कमेन्ट छन्।

अन्नपूर्ण सर्किट हुँदै थोरङ भञ्ज्याङ पुगेकी उनका गतिविधि सञ्जालमा हेर्दा पनि विभिन्न प्राकृतिक सम्पदामा अर्धनग्न तस्बिर खिचाइरहेको देखिन्छ। तर फेवातालमा अधिक मानवीय चहलपहल हुने ठाउँमा समेत दिउँसोकै समयमा नग्न तस्बिर खिचाउनुले निगरानी गर्ने निकायले त्यस्ता गतिविधि निषेध गर्न चासो नदेखाएको हो की भन्ने प्रश्न उठेको छ। केहि समय अगाडी नेपाल घुम्नआएका पुरुष पर्यटकले तिलिचो तालको किनारामा नग्न तस्वीर खिचाएको विषयले पनी निक्कै चर्चा पाएको थियो ।

नेपाल आएका पर्यटकहरुले यसप्रकारका हर्कत गरि रहदा पनी सम्बन्धीत निकाय मौन बस्दैआएको देखिन्छ भने हालसालै एक हिमालमा कुवेतको विशाल राष्ट्रिय झण्डा फहराउदा पनी नेपाल सरकारको आधिकारीक धारण अझै आएको छैन ।
नेपालले पर्यटन वर्ष २०२० मनाईरहदा कुन ठाउमा कस्तो गतिविधि गर्ने वा कतीसम्म छुटदिने भन्ने नेपाल सरकारले समयमै प्रष्ट पारीनु जरुरी देखिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *